सोमवार, भदौ २, २०७६

कुलमानको क्रान्ति: विद्युत प्राधिकरणले कमायो एकै वर्षमा ७ अर्ब २० करोड

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणको १४९ प्रतिशत नाफा वृद्धि हुँदा यति धेरै नाफा कमाएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।

    २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण घिसिङ नेतृत्वमा आएको ११ महिनामै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न सफल भएको थियो । आर्थिक वर्ष २०७४ ७४ मा २ अर्ब ८५ करोड नाफा कमाएको प्राधिकरणले यो वर्ष भने नाफामा उच्च वृद्धि भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology