सोमवार, भदौ २, २०७६

अन्तत: सरकारको पहलमा सन्दीप लामिछानेले अमेरिकाको भीसा पाए

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं । प्रधानमन्त्री कार्यालय र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा अन्तः नेपाली क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भीषा पाएका छन् । क्यारेवियन लिगका लागि अमेरिका जान सन्दीपले मंगलबार भिसा आवेदन दिएका थिए । तर भिसा काउन्सुलरले रुखो ब्यवहार देखाउँदै उनलाई भिषाका लागि अस्वीकार गरेका थिए ।

    भिसा काउन्सुलरको ब्यवहार र भिषा अस्वीकार भएपछि सन्दीपले सामाजिक सञ्जालबाट असन्तुष्टी पोखेका थिए । सन्दीपले असन्तुष्टी पोखेलगतै परराष्ट्र मन्त्रालयले पहल थालेको थियो । परराष्ट्रको पहलपछि रिभ्यूका लागि फेरी दूतावासले सन्दीपलाई बोलाएको थियो । रिभ्यूपछि सन्दीपले भिसा पाएका छन् ।

    भिसा पाएपछि सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै धन्यवाद दिएका छन् । उनले अन्तः समस्याको समाधान भएको, अमेरिकी दूतावासले गरेको सहयोग र आफ्नो बारेमा चासो राख्ने शुभचिन्तकहरुलाई धन्यवाद ट्वीट गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology