बिहिबार, मंसिर २६, २०७६

लोकसेवा बिज्ञापनबिरुद्धको आन्दोलन बालुवाटार पुग्यो, प्रहरीसँग झडप

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं । लोकसेवाको बिज्ञापन समावेशी नभएको भन्दै लामो समयदेखि आन्दोलनमा उत्रेको आरक्षण बचाउ आन्दोलन प्रधानमन्त्रीको सरकारी निवाससम्म पुगेको छ । मंगलबार आन्दोलनरत पक्षले प्रधानमन्त्री निवास बालुवाटार घेरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास घेरेपछि आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी पनि भएको छ ।

    आरक्षण बचाउ अभियानमा बिभिन्न संघ संस्थाहरुको सहभागिता रहेको छ । जनजातिले थालेको आन्दोलनमा संघ संस्थाको समर्थन जुट्न थालेको छ । पछिल्लो समय आन्दोलनकारी बालुवाटारमा केन्द्रीत भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच मंगलबार केही समय झडप भएको थियो। झडपपछि प्रदर्शनकारी सडकमै धर्ना बसिरहेका छन् ।

    लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेजको माग उनीहरुले राखिरहेका छन् । तर लोकसेवाले भने आफ्नो लिखित परिक्षाको प्रथम नतिजा समेत सार्वजनिक गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology