सोमवार, भदौ २, २०७६

सुनकाे मूल्य प्रतितोला ७१ हजार पुग्याे

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं । पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक हजारले बढेर रु ७१ हजार पुगेको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो ।

    तेजावी सुनसमेत बढेको छ । तेजावी सुन प्रतितोला रु एक हजारले वृद्धि भई रु ७० हजार ७०० पुगेको छ । सोमबार तेजावी सुन प्रतितोला र ६९ हजार ७०० मा कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला रु ८३५ पुगेको छ ।

    लगातार उकालो लाग्दै गएको सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्लो १५ दिनको तुलनामा सुनको मूल्यमा झण्डै छ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५०० डलर नाघेको छ ।

    विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology