सोमवार, मंसिर २३, २०७६

 दुई जना बलात्कार आरोपित पक्राउ

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं । पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ ।

    पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक असार २६ गते जबर्जस्ती करणी गरेका थिए ।

    “मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती ग¥यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ” ३३ वर्षीया पीडित महिलाले भने ।

    लामा उक्त घरमा विसं २०७२ देखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार रहेका थिए । सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    यसैगरी, पाँचखाल नपा–१ अनैकोटका ५७ वर्षीय इमानसिं तामाङले गत असार १३ गते बिहान आफ्नो बारीमा मकै गोड्न बोलाएर स्थानीय ३७ वर्षकी महिलालाई जबर्जस्ती गरी फरार रहेकामा प्रहरीले उनलाई गत आइतबार पक्राउ गरेको छ । प्रहरीले पीडितको बयान उद्धृत गर्दै बिहान ९ बजे उनकै बारीमा मकै गोडिरहेको अवस्थामा मुख थुनेर जबर्जस्ती करणी गर्दा चिच्याएर हारगुहार गरेपछि गाउँले आउँदा तामाङ भागेका थिए । तामाङलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासत राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology