सोमवार, भदौ २, २०७६

शर्मिलाले चढिन् युरोपकै अग्लो हिमाल

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं । काभ्रेकी शर्मिला स्याङ्तान तामाङले युरोपकै अग्लो हिमाल सफल आरोहण गरेकी छन् । उनले सोमबार बिहान ९ बजे एल्ब्रुस हिमालको चुचुरोमा नेपालको झन्डा फहराएकी हुन् ।

    दुई रुसीसहित पाँच जनाले हिमाल आरोहण गरेको उनले सुनाइन् । उनीसहित सात जनाको टोली हिमाल आरोहण गर्न गएको थियो । उनले यही सिजनमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सात महादेशका सात उच्च हिमशिखर आरोहण (सेभेन समिट)को योजनाअनुसार रूसमा रहेको एल्बु्रस पुगेको उनले बताइन् । ‘एल्ब्रुस नेपालका हिमालजस्तो सुरक्षित रहेनछ । हावा चल्ने भएकाले डर लाग्यो’, उनले भनिन् ।

    उनका अनुसार चुचुरोमा पुग्न आधारशिविरबाट नौ घण्टा लाग्यो । सगरमाथा भने क्याम्प ४ बाटै १३ घण्टा लागेको थियो । अब पाँच महादेशका पाँच हिमाल चढ्न बाँकी रहेको उनले बताइन् । उनले मानव बेचबिखचनविरुद्ध र महिला सशक्तीकरणको नारासहित हिमाल आरोहण थालेका हुन् । उनी च–टुर्स ट्रेक एन्ड एक्सपिडिसन कम्पनीमार्फत रुस गएकी हुन् । उक्त हिमाल ५ हजार ६ सय ४२ मिटर उचाइमा पर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology