सोमवार, भदौ २, २०७६

ईश्वरका पक्षमा उभिए ओली, स्कुल विभागमा दुई अध्यक्षबीच नै रस्साकस्सी

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपाको कार्यविभाजलाई लिएर बालुवाटारदेखि सामाजिक सञ्जालसम्म रस्साकस्सी चलिरहेको छ । पार्टी स्कुल विभागलाई लिएर पूर्वएमाले र पूर्वमाओवादीबीच चर्काे विवाद चुलिएका बेला आज केन्द्रीय सचिवालयको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली विदेशबाट फर्केलगतै विभागको टुंगो लगाउन सामुहिक र एक्लाएक्लै नेताहरुसँग भेटघाट गरेका थिए ।

    तरपनि स्कुल विभागलाई लिएर उत्पन्न विवाद साम्य भइसकेको छैन । सिंगापुरबाट फर्केलगतै अध्यक्ष ओलीले मुभ बढाएका थिए । तरपनि २८ साउनमा डाकिएको बैठक स्थगित भएको थियो । पछिल्लो समय अध्यक्ष ओलीले स्कुल विभाग पूर्वएमालेमै राख्ने र त्यसको प्रमुख सचिवालय सदस्य ईश्वर पोखरेललाई बनाउने गरी छलफल केन्द्रीत गरेका छन् । तर पूर्वमाओावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने स्वीकार गरेका छैनन् ।

    दाहाललाई फकाउन ओलीले मंगलबार बालुवाटार बोलाएका थिए । पोखरेललाई नै स्कुल विभाग प्रमुख बनाउने प्रस्ताव पनि गरेका थिए । तर दाहालले नमानेको स्रोतले बताएको छ । दाहालसँग भेट्नुभन्दा पहिले ओलीले पोखरेल र महासचिव बिष्णु पौडेलसँग कोर छलफल गरेका थिए ।

    दाहाल, पोखरेल र पौडेलसँग भेटेलगतै सचिवालयका सवै सदस्यलाई बालुवाटार बोलाएका थिए । अनौपचारिक छलफलमा पनि ओलीले पोखरेललाई नै स्कुल विभाग प्रमुख बनाउने प्रस्ताव गरेका थिए । त्यहाँ सहमति जुटन नसकेको एक सचिवालय सदस्यले बताए ।

    मंगलबारको अनौपचारिक बैठकमा सहमति जुट्न नसकेको कारण आजको बैठक निस्कर्षविहीन बन्ने लगभग निश्चित देखिएको छ ।
    मंगलबार पूर्व एमालेसँगै पूर्व माओवादीले पनि छुट्टै छलफल गरेको थियो। छलफलमा सहभागि एक नेताका अनुसार स्कुल विभागको नेतृत्वको विषय पूर्व माओवादी भन्दा पूर्व एमालेमा पेचिलो बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology