सोमवार, मंसिर २३, २०७६

पाकिस्तानी प्रधानमन्त्री कश्मीरमा, भारतविरुद्ध के गर्लान् अब ?

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • मुजफराबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मीरको भ्रमण गरेका छन् । यससँगै प्रधानमन्त्री खानले नयाँ नीति घोषणा गर्ने सम्भावना छ ।

    भारत सरकारले भारतप्रशासित जम्मु कश्मीरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनावको स्थिति छ । पाकिस्तानले भारतको यस कदमविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदसमक्ष अनुरोध गरिसकेको छ ।

    पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ । दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा ठप्प छ । विज्ञका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन । पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए ।

    अगस्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology