सोमवार, मंसिर २३, २०७६

एउटा भयानक दुर्घटना, जहाँ ज्यान जोगियो पुल भासियो

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामा एउटा भयानक दुर्घटना टरेको छ । अरुणखोला पुलको रेलिडमै ट्रक भासिएको छ । रेलिड भाँचिदा पनि ट्रक भने खोलामा खस्नबाट जोगिएको छ । ट्रक ठोक्किदा पुल नै भासिएको छ भने ठुला सवारी साधनको आवागमण बन्द भएको छ ।

    साना सवारी साधनहरु आवतजावत गरेपनि ठुला सवारी साधनहरु चल्न सकेका छैनन् । बुधवार विहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलको बायाँ साइडमा ठोक्किएको थियो । ट्रक ठोक्किदा पुलको १० मिटर भाग डेढ मिटर भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

    ठुला सवारी साधनहरुको आवत जावत रोकिएपछि ट्रक हटाउने र बैकल्पिक बाटो खोल्ने प्रयास थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ । अहिले सयौं सवारी साधन तथा यात्रुहरु बाटोमा अपलपत्र परेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology