सोमवार, भदौ २, २०७६

स्कूल विभागमा पूर्वएमालेमै विवाद, नेकपा सचिवालय बैठक आज पनि स्थगित

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौँ । नेकपा विभागमा नेतृत्वको टुंगो लाग्न नसकेपछि सचिवलाय बैठक फेरी स्थगित भएको छ । स्कुलसहित ३२ विभागको टुंगो लगाउन बुधवार सचिवालय बैठक बोलाइएको थियो । पार्टी स्कूल विभागमा सहमति जुट्न नसकेपछि सचिवालय बैठक फेरी स्थगित भएको छ ।

    पार्टी स्कूल विभागमा पूर्वएमाले र पूर्वमाओवादी दुवैले सशक्त दावी गरिरहेका छन् । दुवै दलले स्कुल विभाग छोड्न नमानेपछि नेकपाभित्र सकस पैदा भएको छ । पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीबारका लागि सरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्केलगतै २८ साउनमा सचिवालय बैठक डाकिएको थियो । स्कुल विभागमा सहमति जुट्न नसकेपछि आजलाई बैठक बोलाइएको थियो । आजपनि सहमति जुट्न सकेन ।

    मंगलबार ओलीले पूर्व एमालेका नेताहरुबीच बिभागका बिषयमा छलफल गरेका थिए । पूर्वएमालेबीच नै स्कुल विभाग र जनबर्गीय संगठनको नेतृत्वलाई लिएर चर्काे विवाद भएको थियो । पूर्वएमालेभित्रै विवाद टुगिंन नसकेपछि बैठक स्थगित भएको स्रोतले बताएको छ ।
    स्कुल विभागको नेतृत्व पूर्व एमालेका ईश्वर पोखरेल या पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ मध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेका बेला जनवर्गीय संगठनको नेतृत्व छान्न पूर्व एमालेलाई हम्मेहम्मे परेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology