झापा । आफुलाई बलात्कार गर्न खोज्ने युवकलाई किशोरीले खुकुरी प्रहार गरेकी छिन् । झापाको बुद्धशान्ति गाउँपालिकामा १३ बर्षीया किशोरीमाथी बलात्कारको प्रयास गर्ने युवकमाथी उनलै खुकुरी प्रहार गरेकी छिन् । धनकुटा पात्लेखोलाका सन्तोष गुरुङले १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजिरहेका बेला उनलाई खुकुरी हानेकी हुन् । घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
किशोरीलाई गुरुङले पहिलो पटक बलात्कारको प्रयास गरेका होइनन् । उनलाई पटक पटक बलात्कार गर्दै आएको रहस्य पनि खुलेको छ । बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने गरेको पीडितले बालिकाले प्रहरीलाई बयान दिएकी छिन् ।
गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेका थिए । ‘जहिले पनि मार्छु भन्दै धम्क्याएर जबरजस्ती गथ्र्यो’, बालिकाले भनिन् । बाबुआमालाई मारिदेला भन्ने डरले गुरुङले आफूमाथि गरेको ज्यादतीबारे कसैलाई सुनाउन नसकेको उनले प्रहरीलाई बताएकी छिन् ।
पछिल्लो पटक घरको कोठामै लडाएर मुख थुन्दै बलात्कार गर्न सुरु गरेपछि उनले छेउमै राखेको खुकुरी प्रहार गरेको सुनाइन् । खुकुरी प्रहारबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका छ । ‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,ु बालिका भन्छिन्, ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’।