सोमवार, मंसिर २३, २०७६

सामुदायिक विद्यालयको स्तर बृद्धि गर्न रत्नराज्यमा भर्ना भएँ: शान्ता चौधरी

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं । यसै वर्ष एसईई पास गरेकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी रत्न राज्य स्कुलमा कक्षा ११ मा भर्ना भएकी छन् । दाङबाट यसैवर्ष एसईई पास गरेकी चौधरी दुई दिनअघि रत्नराज्यमा ११ कक्षामा भर्ना भएकी हुन् ।

    सरकारी सामुदायिक विद्यालयहरुको पठनपाठनको स्तर बृद्धि गर्नका लागि आफू रत्नराज्यको विद्यार्थी बनेको चौधरीले बताइन । सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आफूले चाहेको उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले चौधरीलाई विद्यार्थी प्रतिनिधिका रुपमा व्यवस्थापन समिति सदस्य समेत मनोनित गरेको छ । वाल्यकालदेखिनै जमिन्दारको घरमा कमलरी बसेकी चौधरीले सानैमा पढ्न पाइनन् ।

    उनी २०६४ सालमा संविधानसभा सदस्य भएर काठमाडौं आएपछि हस्ताक्षरसमेत गर्न नजान्दा ठाउँ ठाउँमा अपमानित भएपछि पढ्न थालेकी थिइन् । उनले यस वर्ष दाङको महेन्द्र मावि तुलसीपुरबाट एसईई दिएकी थिइन् ।

    उनका छोराले १२ कक्षा पास गरिसकेका छन् भने छोरीले यसैवर्ष आमासँगै एसईई दिएकी थिइन् । छोरीले नर्सिङ पढ्न चाहेको र उनको भर्ना बाँकी रहेको चौधरीले बताइन् । चौधरी मानविकी संकायमा समाजशास्त्रको विद्यार्थीको रुपमा पढाइ सुरु गरेकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology