सोमवार, भदौ २, २०७६

ओलीको सिंगापुर, प्रचण्डको दुबई भ्रमण शंकाको घेरामा, भ्रमणको खर्च माफियाको ?

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि १८ साउनमा सिंगापुर गए । प्रधानमन्त्री ओली सिंगापुर हिडेकै दिन प्रमुख सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल दुबई भ्रमणबाट स्वदेश फर्किए । नेकपाका यी दुई अध्यक्षको सिंगापुर र द्बईको भ्रमण शंकाको घेरामा परेको छ ।

    प्रधानमन्त्री ओली सिंगापुर हिडेको दुई दिनपछि सुचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको भ्रमण खर्च सरकारले नब्यहोर्ने जानकारी दिए । दाहालको दुबई भ्रमणपनि सरकारी होइन । तर उनीहरुको भ्रमण खर्चको ब्यवस्था कसले गरयो ? यतिबेला सवैको चासो र नेकपा नेता कार्यकर्तामा चिन्ता पैदा भएको छ ।

    प्रधानमन्त्री ओलीको भ्रमणमा नेशनल मेडिकल कजेलका प्रमुख पनि रहस्यमयरुपमा रुपमा देखिए । ओली सिंगापुर लाग्दा उनको नाम समावेश गरिएको थिएन । तर सिगापुरमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकारसँग तस्विर खिचेर सार्वजनिक गरे ।

    ओलीको भ्रमण खर्च विवादास्पद नेशनल मेडिकल कलेजले दिएको अनुमान गर्न थालिएको छ । ओली प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुनुभन्दा पहिले यति एयरलाइन्सका तत्कालिन मालिक आडछिरिड शेर्पाले ब्यहोर्ने गर्दथे । शेर्पाको निधनपछि ओलीको खर्च माफियाको ओरोप झेल्दै आएको मेडिकल कलेजले ब्यहोर्न थालेको छ ।

    पत्नी सीता दाहालको स्वास्थ्य समस्यालाई लिएर नेकपा अध्यक्ष दाहाल विभिन्न देशमा घुमिरहेका छन् । उनीहरुसँग पुर्खाैली सम्पति केही पनि छैन । अमेरिकादेखि दुबईसम्मको खर्च कसले ब्यहोर्ने गरेको छ ? नेकपा दुवै नेता माफियाको रकममा विदेश सयर त गरिरहेका छैनन ? नेकपाभित्र नै चासोको बिषय बनेको छ ।

    दैनिकजसो शक्तिशाली नेताहरु माफियाबाट घेरिने गरेका चर्चा नेकपाभित्र चल्न थालेको छ । विहानदेखि साँझसम्मै पार्टी अध्यक्ष, प्रधानमन्त्री र मन्त्रीहरु घेरिने गरेको स्थायी कमिटी सदस्य धनश्याम भूसालले सार्वजनिकरुपमै आरोप लगाएका थिए । पछिल्लो समय आरोपहरु प्रमाणित हुँदै गएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology