सोमवार, भदौ २, २०७६

राजनीतिक दलका नेता रिझाउन सशस्त्रको दुरुपयोग

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको हो।

    सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’ का लागि परिचालन गरेको खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापाले लेखेका छन् ।

    नेताकार्यकर्ताका घरायसी कामका लागि फौज पठाएर सशस्त्रल नेतृत्वले संगठनको मर्म र उद्देश्यविपरीत काम गरेको देखिएको छ। कुनै पनि व्यक्तिलाई सुरक्षा ‘थ्रेट’ भएमा गृह मन्त्रालयले विश्लेषण गरेर सुरक्षाकर्मी उपलब्ध गराउने प्रावधान छ। त्यसबाहेक गृहले नीति बनाएर पनि विभिन्न ‘अति विशिष्ट’ र ‘विशिष्ट’ व्यक्तिलाई सुरक्षा दिने गर्छ। तर सशस्त्रले नेता, मन्त्री र कार्यकर्ताले माग गरेका आधारमा उनीहरूले भनेजति जनशक्ति उपलब्ध गराएको छ।

    यसबाहेक आपmर (शक्ति) मा भएका बखत मागिएका सशस्त्र फौजलाई पदबाट हटेपछि फिर्ता नगरेर आफ्नो घरायसी काममा उपयोग गरिरहेका छन्। सशस्त्रले पूर्वमहानिरीक्षक, अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलाई जथाभाबी फौज दिएर दुरुपयोग गरेको समाचार अन्नपूर्णले प्रकाशित गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology