सोमवार, मंसिर २३, २०७६

६ हजार कर्मचारीको फेरी बिज्ञापन खोल्न लोकसेवालाई सकस, कहाँ पर्‍यो गाँठो ?

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । लोकसेवा आयोगलाई दोस्रो चरणको बिज्ञापन गर्न सकस परेको छ । आयोगले दोस्रो चरणमा स्थानीय तहका लागि ६ हजार कर्मचारीको बिज्ञापन गर्ने अन्तिम तयारी गरेको थियो । तर समावेशी पक्षधरहरु दैनिक सडकमा आन्दोलन गर्न थालेपछि आयोग सकसमा परेको हो ।

    नेपालको संविधानले ४५ प्रतिशत समावेशीको सिद्धान्तलाई अंगिकार गरेको छ । कुल बिज्ञापनको ४५ प्रतिशत कोटा समावेशीमा छ्ट्याउनु पर्ने संबैधानिक बाध्यता छ । तर संसदले संविधान अनुसारको नयाँ कानुन पारित गरिसकेको छैन । नयाँ लोकसेवाको कानुन र नियमावली नबनेका कारण ३३ प्रतिशत मात्र समावेशी कोटामा बिज्ञापन गर्ने गरेको छ ।

    संविधानले तोकेअनुसार ४५ प्रतिशत समावेशी कोटा छुट्याएर मात्र बिज्ञापन गर्न आयोगलाई सडकबाट दवाव दिइदै आएको छ । ४५ प्रतिशत समावेशी कोटा छुट्याउने अधिकारी यतिबेला आयोगसँग छैन । नियमावाली संसदबाट पारित नभएसम्म पुरानै नियमावलीअनुसार बिज्ञापन गर्नूृपर्ने बाध्यता छ ।

    स्थानीय तहले सुब्वा, खरिदार, लेखा सहायक र अधिकृत गरी ६ हजारभन्दा बढी कर्मचारी आवश्यकता रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयमा लेखि पठाएका थिए । स्थानीय तहले मागेअनुसार नै मन्त्रालयले पनि दोस्रो बिज्ञापन गर्न आयोगलाई लेखि पठाएको थियो । सडक आन्दोलनका कारण आयोग तत्काल पछि हटेको छ । सरोकारवाला निकायसँग छलफल गरेर मात्र बिज्ञापन गर्ने तयारी आयोगले गरेको छ । छलफलका लागि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आग्रह गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology