सोमवार, मंसिर २३, २०७६

युवती अघि सारेर पुडासैनीलाई मर्न बाध्य पार्ने रवि लामिछानेलाई किन लिइएन हिरासत ?

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौँ । विभिन्न घटना र ब्यक्तिगत जीवनलाई लिएर बारम्वार चर्चामा आइरहने रवी लामिछाने फेरी एक पटक गम्भीर आरोपबाट चर्चामा आएका छन् । आफ्नै पूर्व सहकर्मीलाई युवतीसँग फसाएर आत्महत्या गराएको आरोप रविमाथी लागेको छ । यो आरोप अनुसन्धान वा अन्य कसैले लगाएको भने होइन । उनकै पूर्वसहकर्मी सालिकराम पुडासैनीले आत्महत्याभन्दा पहिले भिडियो रेकर्डबाट लगाएका छन् । आत्महत्या गर्नुभन्दा अघि उनले भिडियो रेकर्ड गरेका थिए । भिडियो रेकर्डमा रविले युवतीसँग फसाएर आफुलाई आत्महत्या गर्न बाध्य बनाएको बताएका छन् ।

    दुई साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका सालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । रुदै उनले न्यूज २४ मा प्रवेशदेखि रवी लामिछानेले दिएको सास्ती र २४ छोडेपछि दिएको धम्कीका बारेमा रुदै र हात जोड्दै बयान गरेका छन् । पुडासैनीले रविसहित तीन जनाले आफुलाई मर्न बाध्य बनाएको उनले बताएका छन् ।

    रविले अस्टेलिया पठाइदिने भन्दै एक युवतीसँग आफ्नो भेटघाट गराएको र उनीसँगै धेरै समय आफुले बिताएको रेकर्डमा बताएका छन् । ति युवतीलाई आफुले जागिर लगाइदिएको र पछि उनले नै आफुलाई गाली गर्ने गरेको बताएका छन् । ति युवतीलाई प्रयोग गरी आफुलाई बलात्कारी बनाउन रवी लागिपरेको भिडियो सन्देशमा बताएका छन् । रवि र युवराज कँडेलसहित तीन जनाले आफुलाई मर्न बाध्य बनाएको बताएका छन् ।

    ‘ मैले न्युज २४ छाडेपछि साथीहरुले तँलाई रवि र युवराज मिलेर फसाँउदैछन् भन्ने सुनेँ। वास्तवमा मलाई प्रेमिका, रवि र युवराज मिलेर मर्न बाध्य बनाएका हुन्’, भिडियोमा पुडासैनीले भनेका छन्। उनले आफू धेरै समयअघिदेखि नै डिप्रेसनमा रहेको आरोप पनि लगाएका छन्।

    रवि लामिछानेको शाररीक र मानसिक यातना भोग्न नसकेर आत्महत्या गरेको भिडियो सार्वजनिक भएपनि रवीमाथी राज्यले कानुनी कारवाही थालेको छैन । उनीसँग सोधपुछ पनि गरेको छैन । तर रविले भने आरोप प्रमाणित भए हदैसम्मको कारवाही भोग्न तयार रहेको बताएका छन् । रवी, कँडेल र युवतीलाई हिरासतमा लिएर छानविन गर्न सामाजिक सञ्जालमा ठुलो दवाव शिर्जना भएको छ । तरपनि प्रहरीले उनीहरुलाई हिरासतमा लिएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology