सोमवार, भदौ २, २०७६

काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।

    काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । बैठकले तनहुँमा वैकुण्ठनाथ न्यौपाने सभापति र जीतप्रकाश आले कार्यवाहक सभापति रहनुभएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र काङ्ग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेकोसमेत स्पष्ट पारेको छ ।

    उक्त कार्यसमितिबाहेक काङ्ग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकाले तनहुँमा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लङ्घन र दण्डनीय कार्य हुने बैठकले निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology