सोमवार, भदौ २, २०७६

तारादेवी र पुकार स्ट्रंगेस्ट खेलाडी घोषित

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । नेपाल प्रहरीकी तारादेवी पुन र नेपाली सेनाका पुकार गुरुङ नेपाल स्ट्रंगेस्ट तेस्रो ओलम्पियन सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रंगेस्ट खेलाडी घोषित भएका छन् । उनीहरुले स्ट्रंगेस्टको ब्यानेटका साथै ट्रफी, प्रमाणपत्र र नगद १० हजार प्राप्त गरेका छन् ।

     पुरुषतर्फ बेस्ट लिफ्टरमा सिनियरमा प्रहरीका विकास थापा र जुनियरमा प्रकाश केसी तथा महिलातर्फ प्रहरीका सिनियरमा संगिता राई र जुनियरमा सञ्जु चौधरी घोषित भए । उदीयमान खेलाडीमा पुरुषतर्फ बाँकेका तुषार बुढा मगर तथा महिलामा बर्दियाका नन्दा थापा मगर घोषित भए ।

    बुधबार सम्पन्न प्रतियोगिताको पुरुष १०९ केजीमाथिको तौलमा पुकारले तीनै विधामा राष्ट्रिय कीर्तिमान कायम गरे । उनले आफ्नै नाममा आठौं राष्ट्रिय खेलकुदमा राखेको स्नाचमा १२६ केजीमा सुधार गर्दै १२७ केजी र क्लिन एन्ड जर्कमा १५० केजीमा सुधार गर्दै १५१ केजी भार वहनका साथ कुलमा पनि २७६ बाट २७८ केजीका साथ कीर्तिमान राखेका हुन् । दोस्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जनले ९५ स्नाचमा, ११७ क्लिनमा गरी कुलमा २१२ केजी उचाले ।

    १०९ केजी तौलमा सिनियरमा प्रहरीका सन्देश गुरुङले स्नाचमा १०६, क्लिनमा १३५ गरी २४१ भार वहन गरे । उनले स्नाचमा आफ्नै नाममा रहेको १०० केजी तौलमा सुधार गर्दै १०६ केजी भार उचालेका थिए । जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एन्ड जर्क र कुलमा कीर्तिमान बनाए । उनले क्लिनमा सन्देशको नाममा रहेको १३८ केजीलाई उछिन्दै १४७ केजी र कुलमा सन्देशकै नाममा रहेको २३८ केजीलाई उछिन्दै २४७ केजीका साथ कीर्तिमान राखेका हुन् । सारगले स्नाचमा १०५ केजी भार वहन गरे ।

    १०२ केजीमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै विधामा कीर्तिमान राखे । स्नाचमा १०३, क्लिनमा १३० र कुलमा २३३ केजी उचाले । यसअघि सागर भण्डारीले आठांैमा स्नाचमा १०२, क्लिनमा १२२ र कुलमा २२४ को कीर्तिमान राखेका थिए । दोस्रो स्थानमा रोशन विकले ७०, १०० र १७० को भार वहन गरे ।

    ९६ केजी तौलमा नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९८, क्लिनमा १३० र कुलमा २३८ गरी स्वर्ण, प्रहरीकै श्रीकृष्ण महर्जनले स्नाचमा ९०, क्लिनमा १० र कुलमा १९८ केजीका साथ रजत तथा एपीएफका देवेन्द्र विकले स्नाचमा ८५, क्लिनमा १०७ र कुलमा १९२ केजीका साथ कास्य पाए ।

    राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले नगद १ हजार प्राप्त गरे । पुरुषतर्फ २४ र महिलातर्फ २३ राष्ट्रिय कीर्तिमान कायम भएका थिए । उदीयमान तथा बेस्ट लिफ्टरले प्रमाणपत्र र ट्रफी प्राप्त गरे । तीन विभागीय टोली जिल्ला तथा क्लबका करिव १०० जना खेलाडीले ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology