सोमवार, मंसिर २३, २०७६

मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । ‘आजै राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्येष्टि गरिने कुरा सबैमा जानकारी गराउँछु’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

    नेपाली साहित्य, पूर्वीय दर्शन, पत्रकारिता र राजनीतिक क्षेत्रका अग्रज तथा सम्मानित व्यक्तित्व व्यक्तित्व मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको उनले उल्लेख गरेका छन् । ‘२००७ सालअघिको जहानियाँ राणा शासनविरोधी आन्दोलन तथा पञ्चायतविरोध प्रजातान्त्रिक आन्दोलनमा स्व. मदनमणि दीक्षितले खेल्नुभएको भूमिका सदा स्मरणीय छ’, मन्त्री भट्टराईले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलालको नेतृत्वमा कम्युनिस्ट आन्दोलनको विस्तारमा उहाँको सक्रियता हाम्रा लागि प्रेरणादायी रहिरहनेछ ।’

    दीक्षितले नेपाल प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । उनका माधवी, द्रौपदी, अहिल्याजस्ता ५० भन्दा बढी प्रख्यात कृतिले नेपाली साहित्य, संस्कृति तथा इतिहासको भण्डारमा अतुलनीय योगदान पुर्याएको विज्ञप्तिमा उल्लेख छ । पत्रकारिता र फोटोग्राफीमा पनि आफ्नो विशिष्ट पहिचान बनाएका दीक्षितले केही समय त्रिचन्द्र कलेजमा प्राध्यापन गरेका थिए ।
    मन्त्री भट्टराईले दीक्षितको निधनमा दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      yeskathman[email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology