सोमवार, मंसिर २३, २०७६

नारायणकाजिलाई बाबुरामले भने- ‘अब आया ऊँट पहाड के नीचे’

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडाैं । सत्तारुढ नेकपाका नेता नारायणकाजि श्रेष्ठले केहि समयअघि भारतका प्रख्यात आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवसित राजधानीमा भेटवार्ता गरे । उनले ‘सद्गुरुको कैलाश यात्राअघि ४५ मिनेटको त्यो सत्संग’ शिर्षकमा लेखसमेत लेख्न भ्याए ।

    सद्गुरुसँगको भेटबाट प्रभावित बनेका नारायणकाजिले सद्गुरुको अध्यत्मको प्रशंसा गर्दै लेखेको सामाग्री छापिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो ट्वीटरमा “अब आया ऊँट पहाडके नीचे” भनेर प्रतिक्रिया दिएका छन् ।

    नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘मेरा प्रिय कमरेडको यो पोष्ट/फोटो पढ़े/हेरे पछि विद्यार्थीकालमा हेरेको पुरानो हिन्दी फिल्मको यो डायलग याद आयो-“अब आया ऊँट पहाडके नीचे ।”

    सद्गुरु जग्गी वासुदेव मानोसरोबर र कैलाश यात्राका लागि हिँड्नुअघि नेपालको प्राकृतिक स्थलहरुको भ्रमणमा थिए । त्यहि समयमा नाराकाजिले उनीसँग भेटगरका रहेछन् ।

    ‘सद्गुरु त्यस्ता थोरै आध्यात्मिक गुरुमध्ये पर्छन् जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक शपथग्रहण समारोहमा समेत निमन्त्रणा गरेका थिए। म आध्यात्मिक हुँ। म आफूलाई ‘स्प्रिचुवल एथेस्ट’ भन्छु। मेरो सोच सद्गुरुको सोचसँग मिल्दो भएकैले भेटवार्ता गरेको हो।’ नेता श्रेष्ठले आफ्नो आलेखमा भनेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology