सोमवार, भदौ २, २०७६

बिकासका लागि जनता र जनप्रतिनिधिबीच सहकार्य हुनुपर्छ: मेयर साह

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • गौर। मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले नगर क्षेत्रको विकासका लागि जनता र जनप्रतिनिधिबीच सहकार्य अनिवार्य भएको बताएकी छन् ।

    बिहीबार मौलापुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले विभिन्न वाधाहरुका बाबजुद पनि नगरको मुहार फेर्न तथा नगरबासीलाई सेवा प्रवाह गर्न आफू दिनरात लागिरहेको बताइन् । प्रदेश नम्बर २ को एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी साहले भनिन्, ‘हामी निर्वाचित भएको भोलिपल्टबाट नै नगरपालिका क्षेत्रमा पूर्वाधार तयार तथा जनशक्ति व्यवस्थापनमा लागेका छौँ ।’ उनले थपिन्, ‘हामी निरन्तर स्थानीय जनताको साथ लिएर अगाडि बढीरहेका छौँ र मलाई विश्वास छ कि हामी सबै मौलापुरबासी मिलेर स्मार्ट नगरपालिका निर्माण गरौं ।’

    कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य सनिना हुसेनले आफुले केही वर्ष अघि देखेको मौलापुरलगायत रौतहटका विभिन्न स्थानहरु छोटो समयमा छलाङ मार्दै विकासको गतिमा अगाडि बढेको बताइन् । प्रदेश सभा सदस्य कुन्दन कुश्वाहाले तीनै तहको सरकार मिलेर मुलुकको विकासमा लाग्नुको विकल्प नभएको जीकिर गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology