सोमवार, भदौ २, २०७६

प्रधानमन्त्री ओली अस्वस्थ, सचिवालय बैठक स्थगित

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । सिंगापुरमा १० दिन लामो उपचारपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली पुन अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्री ओलीलाई ज्वरोले च्यापेपछि बिहीबार बस्ने भनिएको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको हो । ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका थिए । विमानस्थलमा कुनै प्रतिक्रिया नदिएका उनले ‘म ठीक छु’ भन्दै ट्वीट गरेका थिए ।

    एक नेताकाअनुसार ओली बैठकस्थलमा नै आएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तलमा गएर आराम गरिरहेका ओलीलाई भेटेका थिए । ‘ज्वरो आएको छ र जीउ दुखेको छु भन्नुभएको छ’, एक नेताले भने ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई ज्वरोले च्यापेपछि बैठक भोली ३ बजेसम्मका लागि स्थगित भएको हो। ‘प्रधानमन्त्रीलाई ज्वरो आयो, त्यसपछि हामीले नै उहाँको आरामका लागि भोलीसम्मलाई सचिवालय बैठक सार्न भन्यौँ’, श्रेष्ठले भने, ‘उहाँलाई आराम चाहिएका बेला धपेडी हुने भएकाले बैठक सारिएको हो।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology