सोमवार, भदौ २, २०७६

अफगानिस्तानमाथि नेपालको लगातार दोस्रो जित

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । नेपालले अफगानिस्तानविरुद्धको दुबै मैत्रीपूर्ण अन्तर्राष्ट्रिय भलिबल खेल जितेको छ। सैनिक तालिम केन्द्र लगनखेलमा बिहीबार भएको दोस्रो खेलमा उत्कृष्ट पूनरागमन जित निकाल्दै नेपालले दुबै खेल जितेको हो।

    पहिलो दुई सेट गुमाएको अवस्थामा नेपालले लगातार तेस्रो,चौथो र पाँचौ सेट जित्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्‍यो। कप्तान ईम राना बिना मैदान उत्रिएको नेपालले अफगानिस्तानमाथि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । पहिलो मैत्रीपूर्ण खेलमा मांसपेशीको चोट बोकेपछि कप्तान ईमले दोस्रो खेल गुमाएका थिए ।

    तर, धनबहादुर भट्टको कप्तानीमा कोर्ट उत्रिएको नेपालले सुरुवाती दुई सेट गुमाएपनि जित निकाल्न सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २५-२२ र दोस्रो सेट २५-१५ ले गुमाएको थियो ।

    तर, नेपालले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो । नेपालले तेस्रो सेट २६-२४ र चौंथो सेट २६-२४ ले जित्दै खेल २-२ को बराबरीमा ल्याएको थियो । त्यसपछि अन्तिम सेटमा नेपालले १५-१२ को सेटमा जित निकाल्दै अफगानिस्तानलाई निराश बनाउन सफल भयो ।

    यो जितसँगै नेपालले अफगानिस्तानविरुद्धको दुई मैत्रीपूर्ण खेलनै आफ्नो पक्षमा बनाएको छ । यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई ३(२ कै सेटमा हराएको थियो । नेपालले पहिलो खेलमा २२–२५, २५–२३, २५–१७, २५–२१ र १५–१३ को सेटमा जित निकालेको थियो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology