सोमवार, भदौ २, २०७६

पुनर्योगबाट ८६२ को नतिजा परिवर्तन

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पुनर्योग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेको छ ।

    गत असारमा सार्वजनिक गरिएको नतिजाप्रति चित्त नबुझाउँदै आठ हजार २४ परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये ८६२ जनाको नतिजा परिवर्तन भई उनीहरूको ग्रेड वृद्धि भएको छ ।

    सबैभन्दा बढी गणित विषयमा पुनर्योगका लागि निवेदन परेको थियो । पनिकाका अनुसार गणित विषयमा २६ जना परीक्षार्थीको ग्रेड वृद्धि भई ए प्लस प्राप्त गर्न सफल भएका छन् । नतिजा परिवर्तन हुनुमा परीक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्षणमा संलग्नहरूका साथै परीक्षार्थीको पनि लापरबाही हुने गरेको पाइन्छ । यस पटक गणित विषयका परीक्षकले प्राप्ताङ्क जोड्दा नै गल्ती गरेको भेटिएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    परीक्षा नियन्त्रक रामराज खकुरेलले गणित विषयका परीक्षकले नै प्राप्ताङ्क जोड्दा गल्ती गरेको घटनाप्रति आफूहरू निकै गम्भीर बनेको बताउँदै भने, “यो उनीहरूको चरम लापरबाही हो । उनीहरूलाई कारबाही गर्ने निर्णयमा पुगेका छौँ । ” उनका अनुसार यस्ता परीक्षकहरू थुप्रै छन् ।

    उनीहरूलाई यस पटक लिखितरूपमा सचेत गराइने र आगामी पटक पनि उनीहरूको लापरबाही नरोकिएमा कालोसूचीमा राखिनेछ । उनले अघि भने,न्नुभयो, “यस्ता शिक्षकलाई एसईईका साथै कक्षा ११ र १२ को समेत उत्तरपुस्तिका परीक्षण गर्न प्रतिबन्ध लगाइनेछ । ”

    उनका अनुसार कतिपय परीक्षार्थीहरूले ई ग्रेड प्राप्त गरेका थिए र पुनर्योगपछि उनीहरूको नतिजा ह्वात्तै बढेर ए प्लस भएको छ । उत्तरपुस्तिका परीक्षण गर्नेहरूले प्राप्ताङ्क चढाउँदा गल्ती गरे नगरेको बारेमा पुनः हेर्न सम्परीक्षकको व्यवस्था रहन्छ तर सम्परीक्षकको समेत लापरबाही पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology