सोमवार, भदौ २, २०७६

रवि लामिछानेसहित तीन जनालाई रातारात चितवन पुर्‍याइयो

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौँ । पत्रकार सालिकराम पुडासैनीको हत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई रातारात चितवन पुरयाइएको छ । रविसहित तीन जनालाई विहीबार साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो । पक्राउ परेलगतै छानविनका लागि चितवन पुरयाइएको छ ।

    पुडासैनीले आत्महत्या गर्नुभन्दा पहिले रविसहित तीन जनाले आफुलाई मर्न बाध्य बनाएको भिडियो रेकर्ड गरेका थिए । रेकर्ड भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार मध्यराति जिल्ला प्रहरी कार्यालय चितवन पुर्‍याइएको छ । रवि पक्राउ परेपछि विहीबार साँझदेखि सामाजिक सञ्जाल रंगिएको छ ।

    चितवन प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चितवन जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको उनीहरुमाथी अभियोग लगाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology