सोमवार, भदौ २, २०७६

नेकपा सचिवालय बैकठ बस्दै, विवादित विषयलाई टुङ्ग्याउने तयारी

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहिबेरमा बस्दैछ ।यसअघिसचिवालय बैठक पटकपटक बोलाउँदै स्थगित गरिँदै आएको बैठक अहिले ११ बजे बस्ने भएको हो ।

    नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीको स्वास्थ्यमा समान्य समस्या देखिएपछि हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।

    अहिले ११ बजेका लागी बोलाइएको बैठकमा पार्टीभित्र लामो समयदेखि कुरा मिल्न नसकेका विभागहरु गठनको विषयमा छलफल बताइएको छ । नेकपामा पछिल्लो समय मुख्य रुपमा स्कुल विभागमा धेरै नेताहरुको दाबी रहेका कारण कुरा मिल्न सकिरहेको छैन्।

    स्कुल विभागमा सचिवालय सदस्य, ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसालको दाबी रहेको छ। त्यस्तै पार्टीको पोलिटब्युरो गठन, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन, जनवर्गीय संगठनको पूर्णता जस्ता विषयहरुमा समेत लामो समयदेखि छलफल भए पनि कुरा मिल्न सकिरहेको छैन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology