सोमवार, भदौ २, २०७६

दोरम्बालाई युद्ध पर्यटकीय क्षेत्र बनाउँदै छाैं : मैनकुमार मोक्तान

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • रामेछापका मैनकुमार मोक्तान ‘मदन’  युद्धकालमा तत्कालीन माओवादीको रामेछाप जिल्ला सेक्रेटरी थिए । त्यही बेला दोरम्बा हत्याकाण्ड भयो । उनी भाग्यले बाँचे ! त्यो २०६० साउन ३२ गतेको कुरा थियो । जति बेला माओवादी र राज्यबीच शान्तिवार्ता चलिरहेको थियो । त्यही बेला दोरम्बामा पार्टीको बैठक बसेको थियो । सेनाले बैठक बसेकै घरमा घेरा हाली २१ जनाको ज्यान लियो । तब दाङको हापुरेमा चलिरहेको शान्तिवार्ता भंग भयो । र, मदनलाई पार्टीले जनमुक्ति सेनाको कम्पनी कमिसार बनायो । उनी पुनः २०६४ पछि रामेछाप सेक्रेटरी बने । माओवादी र एमाले एकतापछि बनेको नेकपामा पनि जिल्ला अध्यक्षको जिम्मेवारीमा छन् । उनै दोरम्बा हत्याकाण्डका ज्युँदा शहिद मदनसँग यहि साउन ३२ गते पर्ने १६ औं दोरम्वा स्मृति दिवसको अवसरमा एसकाठमाडौंले दोरम्बा घटनाको स्मरणबारे गरेको कुराकानी उनकै शैलीमा ।

    दश वर्षे जनयुद्धको मुख्य उद्देश्य गरिाने वर्गको राज्यसत्ता स्थापित गर्ने थियो । तर, त्यसले पूर्णता प्राप्त गन सकेन । थुप्रै घुम्ति मोडहरु पार गर्दै, हजारौं बलिदानबाट हामी अहिलेको ठाउँमा आइपुगेका छौं । जनयुद्ध यति तिव्रतामा थियो कि शहिद नभएको कुनै गाउँ रहेन । यो सिंगो देशले जडेको युद्ध थियो । अहिले हामी १६ औं दोरम्बा स्मृति दिवस मनाउँदै छौं । यो कार्यक्र दोरम्बामै हुँदैछ । र, नेकपाका अध्यक्ष कमरेड प्रचण्ड नै जाँदै हुनुहुन्छ । यो हाम्रो लागि गौरवको पक्ष पनि हो । अध्यक्ष आफै घटनास्थलमै पुगेर हेर्नु भएपछि त्यहाँको बस्तुस्थिति नजिकबाट अनुभव गर्न पाउनुहुन्छ । यो कार्यक्रमले दोरम्बा हत्याकाण्डलाई नयाँ उचाइमा पुर्योउछ भन्ने मलाई लागेको छ ।

    गरिव निमुखाहरुको सत्ता स्थापना गर्न हिजो हामीले युद्ध लड्नुपर्ने परिस्थिति थियो । तर अहिले त्या स्थिति छैन् । अहिले हामीले सरकार प्राप्त गरिसकेका छौं । नेकपाको आफ्नै सरकार छ । यतिवेला नेकपाका नेता कार्यकर्ता चाह्यो भने, सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरुले चाह्यो भने हामीले हिज क्रान्तिको चरणमा देखेका सपनाहरु पुरा गर्न सक्छौं । तर अहिले पार्टी र नेकपा नेतृत्वको सरकार जुन ढंगले अघि बढेको छ, यसरी चाहीँ अगाडि छलाङ मार्न सकिंदैन ।

    नेकपा बन्नुको उद्देश्य पनि नेपालमा समाजवादी राज्य व्यवस्था स्थापित गर्नु थियो । नेपालमा समाजवादी व्यवस्था गर्ने हो भने दुईवटा कुरा गर्नु आवश्यक छ । पहिलो, नेकपाभित्र जुन खालको आन्तरिक उल्जनहरु छन् त्यसको सुक्ष्म उपचार गर्नुपर्छ । पार्टी सुद्धिकरणको कुरा पार्टी रुपान्तरणका कुरामा ध्यान दिनुपर्छ । दोस्रो, सरकारको सन्दर्भमा पनि त्यहाँ रहेका मन्त्रीहरुले कसरी काम गिर्ने भन्न्े कुरामा ध्यान दिनुपर्छ । कसरी अग्रगामी काम गर्ने विकासको मोडलहरु के हुने, के सोच राख्ने, सरकारको सिंगो गतिविधिलाई कसरी समाजवाद उन्मुख बनाउने भन्ने बारे सोन्च आवश्यक छ । यदि यसरी सोचिएन भन हामीले देखेको सपना पुरा गर्न सकिदैन । नेकपा बन्नुको सार्थकता पनि रहदैन । त्यसकारण मन्त्रीहरुले अब मे काम गर्ने, के सोच राख्ने भन्ने स्पष्ट खाका तयार गर्ने आवश्यक छ । त्यो खाका समाजवादी व्यवस्थासम्म जोडिएका हुनुपर्छ ।

    सरकारबाट अहिले पनि छिटफुट काम त भएका छन् । तर समाजवादमा जान यतिले केहि हुनेवाला छैन् । सरकार र पार्टीको स्पष्ट खाका नभए त समाजवाद आउँदैन । समाजवादी व्यवस्था नआएसम्म दोरम्बा भएको बलिदान सार्थक हुँदैन् । जनयुद्धको सिंगो बलिदान सार्थक हुँदैन ।

    हामी दोरम्बालाई विश्व युद्ध पर्यटकीय स्थलको रुपमा विकास गर्न खोजिरहेका छौं । यसकारण पनि कि, यो युद्धको नियम विपरित भएको भयंकर नरसंहार थियो । कहालिलाग्दो हत्याकाण्ड थियो । पार्टीले पनि यस क्षेत्रलाई युद्ध पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न खोजेको छ । घटनास्थलमा शहिद स्मारक बनेको छ । २१ जनै शहिदहरुको शालिक अनावरण यहि स्मृति दिवसका दिन अध्यक्ष प्रचण्डद्वारा गरिदैछ ।

    त्यो दिन सम्झिँदा छटपट हुन्छ

    दोरम्बा हत्याकाण्ड जनयुद्धका समयमा भएको एउटा दर्दनाक घटना थियो । सम्झिँदा छटपट हुन्छ । त्यो घटनामा सिनियर नेता पुष्पदेखि सामान्य कार्यकर्ता गरी २१ जनाको बलिदान भयो । त्यो बलिदानको महत्व मलाई गहिरो गरी बोध हुन्छ । अरूलाई सामान्य पनि लाग्ला । साथीहरूको बलिदान समाजवादी क्रान्तिकै लागि थियो । त्यसकारण उहाँहरूको सपना पूरा गर्ने ऐतिहासिक जिम्मेवारीबाट भाग्न मलाई छुट छैन ।

    तत्कालीन राज्य पक्ष र विद्रोही पक्षबीच दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको थियो । हामीलाई सेनाले यतिसम्म गर्ला भन्ने लागेकै थिएन । त्यस दिन हामी एउटा घरमा बैठक बसिरहेका थियौं । हुस्सु लागेको थियो । सिमसिम पानी परिरहेको थियो । अलि टाढासम्म देख्न नसकिने अवस्था थियो । हामी अलिक बढी विश्वस्त भएका कारण पनि त्यो घटनामा धेरै क्षति बेहोर्नुप¥यो । हामी सचेत हुन सकेको भए सायद त्यो घटना हुँदैनथ्यो होला । साथीहरूलाई के लाग्यो भने गिरफ्तार गरिसकेपछि पनि बढी भए जेल लैजाला भन्ने विश्वास भयो । जसका कारण पनि क्षति बढी भयो । अर्को कारण हामीसँग आफ्नै सञ्चार सेट थियो । त्यसको जिम्मेवारी लिएर बसेको साथी अन्तै गएको देखियो । जसका कारण सेना आएको थाहा पाउन सकेनौं । घरबाहिर रहनुभएका १०–१२ जना साथी बाँच्नुभयो । घरभित्र भएका २३ जनामध्ये म र ललितपुरको हरि दाहाल बाँच्न सफल भयौं ।

    हामी बसेको घरलाई तीनतिरबाट सेनाले घेरा हालेको थियो । घर एल आकारको थियो । म भित्र थिएँ । एकातर्फ निकास थियो । दुई तलामाथि बुइँगलको झ्यालबाट हाम फालेर भाग्न सफल भएँ । के गर्ने भनेर कसैसँग सल्लाह गर्ने समय थिएन । हरि दाहालचाहिँ तल छिँडीबाट सेनालाई धकेलेर भाग्नुभएछ । यसरी हामी दुई भाइ बाँच्न सफल भयौं । हरिजीकी जीवनसाथी ललितासहित २१ जनालाई दोरम्बाको डाँडाँकटेरीमा लगेर तत्कालीन शाही सेनाले गोली ठोकेर मार्यो । त्यस बेला म भर्खरै रामेछाप जिल्ला सेक्रेटरी भएको थिएँ । हरि दाहाल इन्चार्ज हुनुहुन्थ्यो ।

    त्यो हत्याकाण्ड तत्कालिन शाहि सेनाका मेजर राममणी पोखरेलको नेतृत्वमा भएको थियो । अहिलेसम्म कारबाहीको दायरामा ल्याइएको छैन् । कारबाही भयो भन्ने हामीले कतै सुनेका छैनौं । यो शान्ति वार्ताको समयमा घटाइएको घटना भएकाले उनलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ । युद्धको समयमा भएको भए कुरा अर्कै हुन्थ्यो । यो घटनाको अन्तर्राष्ट्रिय रुपमा पनि चर्चापरिचर्चा भएको छ । अहिले उनी विदेशतिर भागेर बसेका छन् रे भन्ने सुनेको छु ।

    अहिलेको व्यवस्था यस्ता थुप्रै बलिदानहरुको योगमा आएको हो । तर नेकपा र नेकपाको सरकारले शहिद, वेपत्ता, घाइते र अपांगहरुको खोजखबर समेत गरेको छैन् । उहाँहरु सबैको खोजखवर हुनुपर्छ र उचित न्याय दिइनुपर्छ । उहाँहरुमाथिको अन्याय इतिहासमाथिकै अन्याय हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology