सोमवार, मंसिर २३, २०७६

हिन्दू धर्मको आस्था छुटाएर क्रिश्चियन बनाउँदै हिडेका तीन युवती र एक पुरुष पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • सल्यान । पछिल्लो केही बर्षदेखि सल्यानका ग्रामिन क्षेत्रमा धर्म प्रचारलाई अभियानकै रुपमा चलाइएको छ । ग्रामिक क्षेत्रका विशेष गरी दलित बस्तीमा हिन्दू धर्मबलम्बीहरुलाई प्रलोभनमा पारेर क्रिश्चियन बनाउन थालिएको छ । जवरजस्ती हिन्दू धर्मको आस्था छुटाएर क्रिश्चियन धर्म बनाउन खोज्ने चार जना पक्राउ परेका छन् ।

    क्रिश्चियन धर्मको प्रचार गरिरहेका तीन युवती र एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख बिरेन्द्र बहादुर शाहीले बताए । सारदा नगरपालिका १ शान्तिनगरमा स्थानीयबासीलाई जवरजस्ती क्रिश्चिन धर्मी बनाइरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

    ‘जवरजस्ती धर्म परिवर्तन गराउन लागेको हामीले सूचना पायौ र उनीहरुलाई नियन्त्रणमा लिएका छौ’ प्रहरी प्रमुख शाहीले भने । यसरी जवरजस्ती धर्म परिर्वतन गराउनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका तुल बहादुर परियार, रुपा सोनाम, घोराही उपमहानगरपालिका १५ निवासी चन्द्रकली रावत र रोल्पाकी भीमकुमारी विक रहेका छन् । उनीहरुसँगबाट वाइवलसहित क्रिश्चियन धर्मका प्रचार सामग्री भेटिएका छन् । उनीहरुलाई जवरजस्ती धर्म परिवर्तन गराउने खोजेको अभियोगमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology