सोमवार, भदौ २, २०७६

मुख्यमन्त्रीद्वारा बम विस्फोस्टस्थलको निरीक्षण, छानबिनमा कुनै कसर बाँकी नराखिने

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको निवासमा भएको बम विस्फोट घटनाको स्थलगत निरीक्षण गरेका छन् ।

    रुपन्देही सैनामैना–८ रामापुरस्थित निवासमा बिहीबार राति २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो । मुख्यमन्त्री पोखरेलले घटनाको सूक्ष्म अनुसन्धान गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए । छानबिनका लागि कुनै कसर नराख्ने उनले बताए । परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने उनको भनाइ थियो ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले यस्ता अपराधपूर्ण कार्य सह्य नहुने बताए । घटनामा संलग्नको खोजबिन गरेर कानूनी दायरामा ल्याइने उनको भनाइ थियो ।

    बम प्रहारबाट सचेतक ढकाल चढ्ने गरेको लु१प ४५६ नम्बरको सरकारी गाडीको पछाडिको भाग जलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक रबिनराज मैनालीले बताए । मोटरसाइकलमा आएको आक्रमणकारी समूहले ढकालको घरको झ्यालमा पनि बम प्रहार गरेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा मुख्यमन्त्री पोखरेलसहित प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती,मन्त्री केसी, प्रदेशसभा संसदीय समितिका सभापति दधिराम न्यौपाने, डा कृष्ण न्यौपाने, काङ्ग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य कमला विश्वकर्मा, तारा जिसी, प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, प्रदेशका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु पुगेका थिए ।

    प्रमुख सचेतक ढकाल बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन् । सैनामैना–८ रामापुर कलौनी घरमा पत्नी, बुबाआमालगायत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology