सोमवार, भदौ २, २०७६

डाक्टरले सबै अंग ठीक छ, २०–२५ वर्ष केही हुँदैन भनेका छन् : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भरिभराउ बैठक कक्षमा प्रसन्न मुद्रामा प्रवेश गर्दै सोधे, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?’ त्यसपछि उनले हँसिलो मुद्रामा आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

    आफ्नो प्रतीक्षा गरिरहेका झापा क्षेत्र नम्बर ५ का अगुवा कार्यकर्तालाई पार्टी सचिवालय बैठकको अध्यक्षता गर्न जानुअघि ओलीले संक्षिप्त सम्बोधन गरेका हुन् । उनीहरू झापा ५ नम्बर निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको विषयमा हिजो चलाइएका निराधार हल्लाको प्रसंग उल्लेख गरे । ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो’, उनले भने, ‘एउटा सिटामोल खाएपछि निको भयो । तर, अफवाह म सिकिस्त भएजस्तै फैलाइयो ।’

    उनले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकसँग भने, ‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हँुदैन भन्छन् । त्यसकारण म बिरामी होइन ।’

    उनले आफू १५ वर्षअघि बिरामी भएको र १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको स्मरण गरे । ‘म अहिले होइन, १५ वर्षअघि बिरामी थिएँ । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ । मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । बिरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदाहुँदै पार्टी एकीकरण गरें ।’

    नेकपा अगुवा कार्यकर्ताले दमक, गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology