सोमवार, भदौ २, २०७६

मेरो स्वास्थ्यलाई लिएर भ्रमको बेलुन उडेछ, डाक्टरले २५ बर्ष केही हुँदैन भनेका छन् -प्रधानमन्त्री

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अबस्थालाई लिएर भ्रमको बेलुन नउडाउन आग्रह गरेका छन् । विहीबार साँझ प्रधानमन्त्री ओली विरामी परेको भन्दै विभिन्न समाचार बाहिर आएका थिए ।

    ओली आफूलाई सामान्य ज्वरो आएर आराम गरेको तर बाहिर हावा हालेर समाचार लेखेको टिप्पनी गरेका छन् । गृहजिल्ला झापाका जनप्रतिनिधहरुसँग शुक्रवार बालुवाटारमा भेटघाट गर्दै ओलीले आफु अहिले स्वस्थ्य भएको बताए ।

    सिंगापुरबाट स्वास्थ्य जाँच गरेर फर्किएलगतै ओलीको विरामी परेको समाचार बाहिर आएको थियो । ओली विरामी परेका कारण नेकपाको बैठक बस्न नसकेको जानकारी पनि दिइएको थियो । तर शुक्रवार आफु पूर्णरुपमा ठिक भएको ओलीले बताएका छन् ।

    ‘म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन’ झापाका जनप्रतिनिधिसँग ओलीले भने ‘हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ तर, बाहिर त हाँगा हालेर खबर बनाइएछ । ‘अब २०–२५ वर्ष केही हुँदैन भनेका छन् डाक्टरहरुले । त्यसकारण म विरामी होइन ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology