मङ्लबार, भदौ ३१, २०७६

भारतीय पूर्व क्रिकेटर चन्द्रशेखरद्वारा आत्महत्या

  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६



  • एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्व ओपनर ब्याट्सम्यान भीबी चन्द्रशेखरले आत्महत्या गरेका छन् ।

    क्रिकेट कमेन्टेटर समेत रहेका चन्द्रशेखरले बिहिबार झुण्डिएर आत्महत्या गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । ५८ वर्षे चन्द्रशेखरले चेन्नईस्थित आफ्नो घरको कोठाको सिलिङमा झुण्डिएर आत्महत्या गरेका हुन् । तर, उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

    चेन्नई प्रहरीको अनुसार उनले कुनै सुसाइड नोट नराखेको जनाएको छ । पछिल्लो समय क्रिकेटको व्यापार घटेपछि चन्द्रशेखर डिप्रेसनमा गएको पारिवारिक स्रोतले जनाएको प्रहरीले बताएको छ ।

    चन्द्रशेखरले भारतबाट ७ एकदिवसीय क्रिकेट खेलेका थिए । यस्तै उनले ८१ पहिलो श्रेणीको क्रिकेट खेल्दा ४१ लिष्ट ‘ए’ क्रिकेट खेलेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology