मङ्लबार, भदौ ३१, २०७६

सर्वाधिक महंगा फुटबलरमा एम्बाप्पे, शीर्ष १० मा परेनन् रोनाल्डो र नेइमार

  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६



  • एजेन्सी । फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे विश्वकै महँगा फुटबलर बनेका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेलिरहेका एम्बाप्पे यो वर्ष विश्वकै महँगा फुटबलर बनेका हुन्।

     

    सीआईइएस फुटबल अब्जरभेटरीको सूची अनुसार मूल्यवान खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा रहँदा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन् स्ट्राइकर लियोनेल मेस्सी चौथो स्थानमा रहेका छन् भन यो सूचीमा पीएसजीकै ब्राजिलियन स्ट्राइकर नेइमार र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० अटाउन असफल भएका छन्।

    फुटबल अब्जरभेटरीका अनुसार एमबाप्पेको मूल्य २३० मिलियन पाउण्ड छ। एमबाप्पेपछि सर्वाधिक महँगा खेलाडीमा लिभरपुलका मोहमद सलाहकाे मूल्य २०० मिलियन पाउण्ड छ भने स्ट्रलिङको मूल्य १९० मिलियन पाउण्ड छ । यो सूचीमा चौथो स्थानमा रहेका मेस्सीको मूल्य १५३ मिलियन पाउण्ड छ। बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर जाडोन सान्चो १४५ मिलियन पाउण्डसहित पाँचौं स्थानमा छन् भने लिभरपुलका साडियो माने १४४ मिलियनसहित छैटौं, टोटेनहमका ह्यारी केन १४३ मिलियनसहित सातौं, लिभरपुलकै रोबर्टो फर्मिन्हो १३२ मिलियनसहित आठौं स्थानमा छन्। त्यसैगरि बार्सिलोनाका फ्रान्सेली एन्टोइन ग्रिजम्यान १३१ मिलियनसहित नवौं र म्यानचेस्टर सिटीका लोरी साने १२५ मिलियनसहित दशौं स्थानमा छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology