मङ्लबार, भदौ ३१, २०७६

कालिकोटका पहाडमा मुख्यमन्त्री शाही मोटरसाइकल हुँइकिदै (फोटो फिचर)

  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६



  • कालिकोट । प्रतिबन्धित विप्लव नेकपाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोट जान प्रतिवन्ध लगाएको छ । तर मुख्यमन्त्री शाही भने मोटरसाइकल हाँकेर कालिकोटका गाउँमा पुग्न थालेका छन् । कालिकोटका धेरै पालिकाहरुमा अझै गाडी सुविधा छैन । कपितय सडकहरु भर्खरै मात्र निर्माणधिन छन् । निर्माणधिन सडकमा गाडी जान नसकेपछि मुख्यमन्त्री शाहीले मोटरसाइकल चढेर गाउँ जान थालेका छन् ।

    २९ साउनदेखि मुख्यमन्त्री शाही गृहजिल्ला कालिकोटमा छन् । कालिकोटका विभिन्न स्थानमा पुगेर कार्यक्रम गरिरहेका छन् । कार्यक्रम गर्ने क्रममा विप्लव नेकपाले दुई पटक बम विस्फोट पनि गराइसकेका छन् । तरपनि मुख्यमन्त्री शाही दुई चारजना सुरक्षाकर्मीको भरमा गाउँ गाउँ पुग्न थालेका छन् ।

    मुख्यमन्त्री शाहीले निर्माणधिन सडकमा आफै मोटरसाइकल हुँइक्याउने गरेका छन् । साथमा केही प्रहरी र सुरुक्षा पीएसओ हुने गरेका छन् । अति विकट ठाउँसम्म उनले मोटरसाइकलमै यात्रा गरिरहेका छन् । मोटरसाइकलमा सवार हुने मुख्यमन्त्रीले विभिन्न गाउँमा विकास निर्माणबारे स्थानीय र राजनीतिक दलका नेता कार्यकर्तासँग छलफल गर्ने गरेको स्वकीय सचिव खेमबहादुर शाहीले बताए ।

    तस्वीर : खेमबहादुर शाहीको वालबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology