मङ्लबार, भदौ ३१, २०७६

जबज जोगाउन नेकपाभित्र राष्ट्रपति सक्रिय, झलनाथ र बामदेव खुसी, प्रचण्ड भ्रमित

  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६



  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सत्तारुढ दल नेकपाभित्र एकाएक सक्रियता बढाएकी छिन् । भण्डारीको सक्रियतामा लामो समयदेखि विवादित बन्दै आएकको स्कूल विभाग पूर्वएमालेको पोल्टामा परेको छ भने नेता बामदेव गौतम पार्टीभित्र शक्तिशाली बनेका छन् ।


    नेकपाभित्र पार्टी स्कुल विभागलाई लिएर निकै ठुलो विवाद थियो । जनताको बहुदलिय जनवादको वकालत गर्दै आएका सचिवालय सदस्य इश्वर पोखरेललाई स्कुल विभागको प्रमुख दिन पूर्वमाओवादी पक्ष रतिभर तयार थिएन । तर राष्ट्रपति भण्डारीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी अध्यक्ष र प्रधानमन्त्रीको सपना देखाएर स्कुल विभाग जवज पक्षधर नेताका पक्षमा पारिन ।

    पछिल्लो समय राष्ट्रपति कार्यालय नेकपाको गुट निर्माण गर्ने थलो बनेको छ । पति मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद नै नेकपाको मुल कार्यदिशा बनाउने गरी राष्ट्रपति भण्डारीले शीतल निवासमा चलखेल शुरु गरेकी छिन् । जवजलाई नेकपाको भावि कार्यदिशा बनाउन केही दिनअघि पूर्वएमालेका तीन नेतालाई भण्डारीले राष्ट्रपति कार्यालय बोलाएकी थिइन । नागरिक दैनिकका अनुसार जवज पक्षधर बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेललाई राष्टपतिले निवासमा बोलाएकी हुन् । राष्ट्रपति निवासमै नेकपा विभागको बाँडफाँड भएको थियो ।

    गौतम, पोखरेल र पौडेलको छलफलपछि झलनाथ खनाललाई राष्टपति कार्यालय पुरयाइएको थियो । राष्ट्रपति कार्यालयमै खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय भएको स्रोतले बताएको छ । तेस्रो वरियताका नेता माधवकुमार नेपाललाई कर्नरमा पार्न खनाललाई तेस्रो वरियतामा ल्याउने तयारी राष्टपतिल गरेकी छिन् ।

    नेपालभित्र गुट निर्माणमा निकै माहिर मानिने राष्ट्रपति पछिल्लो समय फेरी सक्रिय बनेकी छिन् । नेकपाको एकतापछि नयाँ गुट निर्माण गर्न उनी फेरी सक्रिय बनेको नेकपाभित्र चर्चा चल्न थालेको छ । पूर्वएमालेका जवज निकट नेताहरुको बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भण्डारीले राष्टपति निवास बोलाएकी थिइन । महासचिव बिष्णु पौडेलको सक्रियतामा दाहाल शीतल निवास पुगेका थिए । शीतल निवासमा गौतम, पोखरेल र पौडेललाई अगाडी राखेर राष्टपतिले भावी अध्यक्ष र प्रधानमन्त्री बन्न दाहाललाई प्रस्ताव गरेकी थिइन । राष्ट्रपतिको प्रस्तावपछि दाहालले सवै पद पूर्वएमालेलाई दिन तयार भएको स्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology