बुधबार, अशोज १, २०७६

पद्मश्री पुरस्कार ‘छुटेका कुरा’ र सम्मान महेशराज पन्तलाई

  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६



  • काठमाडौं । २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्करण ‘छुटेका अनुहार’लाई दिइने भएको छ । पद्मश्री साधना सम्मान पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गर्ने निर्णय भएको खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानले जनाएको छ । पुरस्कार र सम्मानको राशि २ लाख रुपैयाँ छ ।

    प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार ‘छुटेका अनुहार’मा लेखकले आफूले भेटेर छुटेका अनुहार र तिनको मनोवृत्तिको सूक्षम चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । २ सयभन्दा बढी शोधलेखका साथै ६ वटा पुस्तक प्रकाशन गरेका पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् । पिता नयनराज पन्तले २००९ सालमा सुरु गरेको संशोधनमण्डलमा अभियन्ता महेशराज २०२१ देखि इतिहासप्रधान पूर्णिमा प्रकाशन गरिरहेका छन् । सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology