मङ्लबार, भदौ ३१, २०७६

बंगलादेशमाथि नेपालको शानदार जित

  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६



  • एजेन्सी । साफ यू-१५ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

    भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिकको विजेता बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए ।

    जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेकोa छ । र, नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जितसँगै नेपालले शीर्ष दुईमा रहदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।तेस्रो स्थानमा झरेको बंगलादेशको पनि ३ खेलबाट ६ अंक रहेको छ ।

    अब नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology