बुधबार, अशोज १, २०७६

कथाले मागेपछि अभिनेत्री सुरक्षा पन्तको कपाल मुन्डन

  • प्रकाशित मिति : बिहिबार, भदौ १२, २०७६



  • काठमाडौं । धनपतिबाट नेपाली चलचित्रमा पाइला टेकेकी अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गरेकी छिन् । इन्जिनियर छोडेर अभिनेत्री बनेकी सुरक्षा यतिबेला आमा फिल्मको सुटिङमा छन् । सुटिङकै लागि उनले कपाल खौरेकी छिन् ।

    कपाल मुण्डन गरेको तस्विर सुरक्षाले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम राखेकी छन् । फिल्मको कथाले मागेपछि भन्दै उनले कपाल मुन्डन गरेकी छिन् । झरी नपर्दा फिल्मको छायांकन नियमित रुपमा हुन सकेको छैन ।

    ३५ प्रतिशत दृश्यमा पानी देखाउनु पर्ने भएकाले अहिले फिल्मको छायांकन हुन नसकेको निर्देशक दीपेन्द्र के खनालले बताए । फिल्मै लागि सुरक्षाले आफ्नो गेटअप तयार गरेकी हुन् । फिल्ममा आमा र छोरीको भावनात्मक सम्बन्ध देखाएको छ । फिल्ममा मिथिला शर्मा आमा र सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । फिल्मको रिलिज मिति फागूण ९ गतेलाई तोकिएको छ ।

    फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology