मङ्लबार, भदौ ३१, २०७६

मेस्सी र रोनाल्डोलाई पछि पार्दै भर्जिललाई बर्ष खेलाडीको अवार्ड, महिलामा लुसी उत्कृष्ट

  • प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६



  • काठमाडौं । विश्वका दुई स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्दै लिभरपुलका डिफेन्डर भर्जिल भान डिजेकले वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । यो अबार्डमा रोनाल्डो र मेस्सीको एक छत्र राज थियो । तर उनीहरुको विरासतलाई तोड्दै भर्जिलले अवार्ड आफ्नो पक्षमा पारेका छन् ।

    युइएफएले हरेक वर्ष उत्कृष्ट पुरुष फुटबलरका लागि यो अवार्ड प्रदान गर्दै आएको छ । यसपटक लिभरपुलका भान डिजेकले जितेका हुन् । च्याम्पियन्स लिग फुटबलको फाइनलमा टोटनह्यामलाई २–० ले पराजित गरेर लिभरपुललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका उनले निर्वाह गरेका थिए ।

    वर्ष महिला खेलाडीको अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितेकी छन् । लियोनबाट व्यवसायिक फुटबल खेल्दै आएकी लुसी क्लबका एडा हेगबर्ग र एमन्डिन हेनरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनी यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन् । युरोपका शीर्ष महिला टिमका प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा अवार्ड प्रदान गरिन्छ ।

    यस्तै २८ वर्षका भान डिजेक युइएफए वर्ष फुटबलरको अवार्ड जित्ने पहिलो डिफेन्डर बनेका छन् । यो अवार्ड सन् २०१०–११ मा सुरु भए यता रोनाल्डो र मेस्सीले समग्रमा पाँच पटक जितेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology