मङ्लबार, भदौ ३१, २०७६

भारतलाई हराउँदै च्याम्पियन बन्ने दाउमा नेपाल

  • प्रकाशित मिति : शनिबार, भदौ १४, २०७६



  • काठमाडौं । साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज ९शनिबार० नेपालले भारतको सामना गर्दैछ । दुबै टोलीबीचको खेल कोलकत्तास्थित कल्याणीमा दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

    नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो ।अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित हुँदै असफल बन्दै आएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतीय टिमलाई रोक्दै इतिहास रच्न रणनीतिका साथ मैदान उत्रने बताउँछन् ।

    ‘भारतीय टिम निकैनै बलियो छ । उसका विङ्गर धेरै बलिया छन् ।’ फाइनल अघि श्रेष्ठले भने, ‘हाम्रो पनि खेल सुधार भईरहेको छ । खेलाडी पनि फिट छन् । विपक्षीको खेल अध्ययन गरेका छौं । त्यसै अनुसार खेल्छौं ।’

    बलियो भारतलाई उसैको मैदानमा रोक्न नेपाललाई कठिन हुनेछ । भारत प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टिम हो । पहिलो खेलमा भारतले नेपाललाई हराएको थियो । नेपाल पहिलो खेलमा भारतसँग व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

    प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यसपछि भने नेपालले लगातार जित निकाल्दै फाईनल पुगेको हो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–०, तेस्रो खेलमा बंगलादेशलाई ४–१ र अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology