मङ्लबार, भदौ ३१, २०७६

म्यानचेस्टर सिटीको शानदार जित

  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६



  • एजेन्सी । प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले उच्च प्रदर्शनलाई निरन्तरता दिने क्रममा शनिबारको खेल जितेको छ । शनिबार घरेलु मैदानमा सिटीले ब्राइटन एन्ड होभ अल्बियोनलाई ४–० को फराकिलो अन्तरले हराउँदै अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

    पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । खेलको दोस्रो मिनेटमा नै केविन डी ब्राउनको गोलबाट सिटीले सुरुवाति अग्रता लियो । उसका लागि ४२ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरे ।

    पहिलो हाफमा २–० को अग्रता लिएको सिटीका लागि ५५ औँ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता थप बलियो बनाए । ७९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले ४–० को जित निश्चित गरेको हो । चार खेलबाट १० अंक जोडेको सिटी दोस्रो स्थानमा छ ।

    लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा लेस्टर सिटीले बोर्नमाउथलाई ३–१ तथा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई १–० ले पराजित गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology