मङ्लबार, भदौ ३१, २०७६

विश्वकप फुटबलको नयाँ लोगो सार्वजनिक

  • प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६



  • एजेन्सी । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रतीक चिन्ह (लोगो) सार्वजनिक भएको छ ।

    फिफाले मंगलबार राति कतार विश्वकपको लोगो सार्वजनिक गरेको हो । कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने लोगोमा देख्न सकिन्छ। लोगोमा मध्यपुर्वमा रहेको मरुभूमीका साथै आठ वटा देशलाई समेटेको छ। यसका साथै विश्वकप हुने आठ वटा स्टेडियमको झझल्को पनि यो लोगोमा समावेश गरिएको छ। कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो।

    विश्वकप फुटबलको २२ औं संस्करण कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ ।कतार विश्वकप जाडो मौषममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौषममा हुँदै आएको थियो ।

    फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, फिफाले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ । जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण फिफाले विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology