बुधबार, अशोज १, २०७६

गगन थापालाई कांग्रेस पाँच नेताको फरक-फरक प्रस्तावः मेरो महामन्त्री बनिदिनुहोस्

  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६



  • काठमाडौं । नेपाली कांग्रेसको भावि सभापतिमा ६ नेता विगत एक बर्षदेखि दौडमा छन् । वर्तमान सभापति शेरबहादुर देउवा पुनः एकपटक सभापति बन्न चाहेका छन् भने गत महाधिबेशनमा पराजित रामचन्द्र पौडेल एकपटक भएपनि पार्टी सभापति बन्ने हुटहुटीमा छन् ।
    कोइराला परिवार पार्टीको मुल नेतृत्व गुमेपछि निकै चिन्तामा छ । तर कोइराला परिवारमै सभापतिको उम्मेद्धार को ? भन्नेमा अझै टुंगो लागिसकेको छैन । डा. शेखर कोइराला र महामन्त्री शशांक कोइराला दुवैले सभापति पदको तयारी गरिरहेका छन् ।

    गत महाधिवेशनमा सभापति पदका अर्का उम्मेद्धार कृष्णप्रसाद सिटौला स्वतः उमेद्धार हुन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि भावि सभापतिका लागि देश दौडाहमा निरन्तर लागिरहेका छन् ।

    कांग्रेस भावि सभापतिमा ६ नेताले दावि गरेपनि महामन्त्रीमा भने गगन थापा लगभग निर्विकल्प देखिन्छन् । थापालाई आफ्नो महामन्त्री उम्मेद्धार बनाउन ५ नेताको रमाइलो जुहारी चलेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंह आफु सभापति र गगन थापालाई महामन्त्रीको उम्मेद्धार बनाउन चाहेका छन् । अर्का नेता सिटौलालाई सभापतिको उम्मेद्धार बनाएर थापाले गत महाधिबेशनमै महामन्त्रीमा प्रतिस्पर्धा गरिसकेका छन् । पाँच नेताले नै थापालाई आफ्नो महामन्त्री बनाउने गरी प्रस्ताव पठाउन थालेको उनी निकट स्रोतले बताएको छ ।

    थापालाई महामन्त्रीका लागि विशेष गरी कोइराला परिवारले चासो देखाएको छ । महामन्त्री शशांक र शेखर दुवैजनाको पहिलो रोजाईमा गगन थापा पर्न थालेका छन् भने रामचन्द्र पौडेल पनि पछिल्लो समय गगन थापालाई साथ लिएर सभापति लड्ने मनस्थितिमा पुगेका छन् ।

    यो पनि : कांग्रेस सभापतिमा शशांक आए पनि छाड्दिनँ : डा.शेखर कोइराला

    आफ्नो सभापति पद सुरक्षीत गर्न ५ नेताले गगन थापालाई महामन्त्री पदमा उम्मेद्धार बनाउन खोजिरहेका छन् । कांग्रेसभित्र चर्चित र रुचिकर नेता हुन् गगन थापा । उनको लोकप्रियतालाई प्रयोग गरेर कांग्रेस नेताहरु सभापति बन्ने दौडमा जुटिरहेका छन् । थापाले पनि उस्तै परे सभपाति नभए महामन्त्रीको आफु उम्मेद्धार भएको सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् ।

    सभापति देउवाको रोजाईमा भने गगन थापा छैनन् । देउवालाई आफ्नै समुहभित्र महामन्त्री छान्न सकस छ । वर्तमान महामन्त्री पूर्णबहादुर खड्का पहिलो रोजाइमा छन् भने प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की महामन्त्रीका दावेदार छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology