बुधबार, अशोज १, २०७६

विश्वकप छनोटमा आज नेपाल र कुवेत भिड्दै

  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६



  • काठमाडौं । कुवेतविरुद्व खेल्दै नेपालले फिफा विश्वकप छनोटको सुरुवात गर्दैछ । विश्वकप फुटबलको दोस्रो चरणको खेलमा नेपालले आज कुवेतसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ ।

    जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार १० बजेर ४५ मिनेटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह ‘बी’ मा छ । नेपाल रहेको समुहमा एसियाली पावर हाउस मानिने अष्ट्रेलिया सहित कुवेत, जोर्डन र चाईनिज ताईपे समावेश छन् ।

    नेपालले होम एण्ड अवेका आधारमा समुहका चार टिमसंग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिन नेपाली टिमलाई अन्डरडग मान्छन् । सोही कारण अन्डरडग नेपाल छनोटका अधिकांश खेलमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ ।

    फिफा वरियतामा नेपाल भन्दा कुवेत चार स्थानमात्र माथि छ । नेपाल १ सय ६६ र कुवेत १ सय ५६ औ स्थानमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology