बुधबार, अशोज १, २०७६

अञ्जली अधिकारी र मेलिनालाई मध्य रातमा कल्ले बोलायो ?

  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६



  • काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित कलाकारहरु संयुक्त प्रस्तुति ‘कल्ले बोलायो’ सार्वजनिक भएको छ ।

    सुर्खेतका युवा समाजसेवी लोकेस खत्रीको लगानीमा निर्माण भएको म्युजिक भिडियो ‘कल्ले बोलायो’ बुधबार राति युट्युवमार्फत सार्वजनिक गरिएको हो ।वर्तमान ट्रेन्डअनुसार तयारी गरिएको गीतमा यो समयमा चर्चिक गायक गायिको आवाज रहेको छ ।

    भिडियोमा पनि चर्चित मोडलहरु रहेका छन् । रुद्र जिएमको लय शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र विमल अधिकारीलाई फिचरिङ गराइएको छ ।

    गीतका शब्दअनुसार काजिस श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन् । नयाँ शैलीमा प्रस्तुत गरिएको भिडियोमा मोडल बिमलले झिसमिसेमै ‘वई कान्छि’ भन्दै ठूलो स्वरमा बोलाएका छन् । आवाज सुन्दा अञ्जली उज्यालो नहुँदै कल्ले बोलायो भन्दै दंग पर्छिन ।

    भिडियो:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology