बुधबार, अशोज १, २०७६

सिंहदरबार जस्तोको त्यस्तै छ, नेता मात्रै बदलिए: श्याम श्रेष्ठ

  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६



  • दाङ । बामपन्थी विश्लेषक तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले नेपाली सेनाकै कारण तत्कालिन समयमा शान्ति वार्ता भंग भएको बताएका छन् ।

    दाङ आयोजित बृहत शान्ति र समृद्धि सम्मेलनमा बोल्दै उनले राजा ज्ञानेन्द्रले संविधान दिन नचाहेकै कारण वार्ता भइरहेको समयमा दोरम्बामा सेनाले मान्छे मारेर शान्ति विरोधी काम गरेको बताए । नेपाली सेना अहिले पनि विधिको शासनमा चल्ने अवस्थामा नभएको भन्दै नेपाली सेना, प्रशासन र सिंहदरबारमा अझै परिवर्तन नआएको बताए ।

    ‘सिंहदरबार जस्तोको त्यस्तै छ, तर नेता मात्रै बदलिएका छन्,’ श्रेष्ठले भने ‘ काम गर्ने शैली, पुरानै, भ्रष्टाचार व्याप्त र कर्मचारी संयोजनमा जाँदैनन अनि संघियता संस्थागत हुन्छ ।’

    तत्कालिन विद्रोही माओवादी र सरकार पक्षबीच पहिलो पटक भएको वार्ता स्थल दाङको हापुरेमा १६ वर्षपछि शान्ति र समृद्धि सम्मेलनको आयोजना गरिएको छ । २०६० साउन २९ र ३० गते तत्कालिन विद्रोही माओवादी र सरकार पक्षबीच वार्ता भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology