बुधबार, अशोज १, २०७६

उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी: मन्त्री विश्वकर्मा

  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६



  • काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायका सन्दर्भमा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले रक्षाका लागि सचेत रहनुपर्ने बताएका छन् ।

    समता फाउण्डेशनको १०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री विश्वकमाले पछिल्लो समयमा संविधानले दिएको समावेशिता र समानुपातिक सिद्धान्तविपरीत अनावश्यक बहस शुरु भएको भन्दै प्राप्त अधिकार रक्षाका लागि एकीकृतरूपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।

    “दलित समुदायको अधिकार प्राप्तिका बारेमा निराशाजनक अवस्था छैन, विभिन्न सङ्घर्ष र आन्दोलनबाट केही अधिकार प्राप्त भएको छ, तर ती अधिकार गुम्ने खतरा बढ्दै गएको छ, त्यसको रक्षाका लागि जागरुक हुनुपर्ने आवश्यकता छ”, मन्त्री विश्वकर्माले भने । उनले मुलुकको समृद्धि र सुशासनका लागि दलित सुमदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास अपरिहार्य भएको बताए ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुषालले परिवर्तनका लागि मुख्य विषय राजनीति भएकाले दलित समुदायले भोग्दै आएका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासँगै कार्यान्वयनमा जोड दिए ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology