बुधबार, अशोज १, २०७६

सेरेनालाई हराएर १९ वर्षीया बायन्काले जितिन् यूएस ओपन उपाधि

  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६



  • न्यूयोर्क । क्यानडाकी १९ वर्षीया बायन्का एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छन् । ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो ।

    सेरेनाभन्दा आधा उमेरकी बायन्काले न्युयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितिन् । उनको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । क्यानडाकी किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो ।

    सेरेनाले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो । सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । बच्चाकी आमा सेरेनाको दुई वर्षअघि टेनिस खेलमा पुनरागमन भएको थियो । सेरेनाले २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छन् ।

    सेरेनाले रेकर्ड बनाउन खेलिरहेकी छैन भनिन् । ‘आजको खेलमा मैले राम्रो खेल्न सकिनँ’, उनले भनिन्, ‘मैले अझ राम्रो खेल्न सक्थें ।’ बायन्काले सेरेनासँग टेनिस खेल्न पाउनु अहोभाग्य रहेको बताइन् । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology