बुधबार, अशोज १, २०७६

नादेज्दा कपमा नेपाललाई उज्वेकिस्तानले हरायो

  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६



  • काठमाडौं । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाललाई उज्वेकिस्तानले पराजित गरेको छ ।

    काराकोलस्थित केन्द्रीय रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपाली टोली २–० गोलअन्तरले पराजित भएको हो । आइतबारको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलअन्तरले हराएको थियो । दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अंक बटुलेको छ । आइतबार भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो । दुई खेल नै खेलेको नेपालको तीन अंक छ ।

    नेपालले तेस्रो खेल मंगलबार ताजकिस्तानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल यही भदौ २६ गते हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology