बुधबार, अशोज १, २०७६

चेक बाउन्स भए अब कालोसूचीमा, रकम जम्मा मात्र गर्न पाउने

  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६



  • काठमाडौं । चेकमा नियतवश हस्ताक्षर बिगारेर अरूलाई दिने व्यक्तिलाई बैंकले एक सातापछि कालोसूचीमा राख्न सक्ने भएको छ । चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सही हस्ताक्षर नगरे र खातामा पर्याप्त रकम नभए (चेक बाउन्स) एक साताभित्र पनि रकम भुक्तानी नगरे कालोसूचीमा राख्ने व्यवस्था भएको हो । नेपाल राष्ट्र बैंकले यससम्बन्धी एकीकृत निर्देशन २०७६ जारी गरेको छ ।

    यसअघि तीनपटकसम्म चेक बाउन्स हुने गरेको ठहरिए कालोसूचीमा राख्ने गरिन्थ्यो । चेक बाउन्स भएको वा चेकमा नियतवश गलत हस्ताक्षर गरेको ठहरिए दुई दिनभित्रै लिखित जानकारी दिनुपर्नेछ । यसको आधारमा बैंकले चेक जारी गर्नेलाई रकम भुक्तानी गर्न सात दिनको सूचना दिनुपर्नेछ । सो मितिभित्र पनि रकम भुक्तानी हुन नसके त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालार्ई बैंक वा वित्तीय संस्थाले अनिवार्य रुपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ । चेक हराएको, चोरी भएको वा अनधिकृत रुपमा चेक जारी भएको लिखित निवेदन प्राप्त भएको अवस्थामा भने यस्तो व्यवस्था लागू हुनेछैन । चेकमा गलत हस्ताक्षर गरी चेक भुक्तानी नभए नेपाली बैंक तथा वित्तीय संस्थामा खाता भई चेक जारी गरेका विदेशी नागरिक समेतलाई लागु हुने केन्द्रीय बैंकले बताएको छ ।

    यसको पालना नगरे बैंक तथा वित्तीय संस्थालाई यसै निर्देशनबमोजिम कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ । यसअघि केन्द्रीय बैंकले व्यवस्था गरेको थिएन । राष्ट्र बैंकका अनुसार कालोसूचीमा परेकाले खाता खोल्न पाउने छैनन् । आफ्नो खातामा रकम जम्मा गर्नबाहेक अन्य बैंकिङ कारोबार गर्न पाउनेछैनन् । नेपाल सरकारबाट तोकिएबमोजिमको रकमको हदसम्म निकाल्न भने पाउने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology